Rule 15
पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू
(१) पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ ः-
(क) पैठारी हुने पशुहरू मध्ये चलान विन्दुबाट चलान भैसकेपछि बाटोमा नै कुनै पशुको मृत्यु भएको भए सो को विवरण क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्ने,
(ख) पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,
(ग) पैठारी गरिने पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको पहिचान चिन्ह, संख्या वा तौल र किसिम सम्बन्धी विवरण पैठारी गर्दाको बखत क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्नु पर्ने, र
(घ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले हुनु पर्ने ।